काठमाडौँ । काठमाडौँको शालीनदीमा शुक्रबार माधवनारायणको मेला सुरु भएको छ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा महिनाभर लाखौँ भक्तजनको उपस्थिति रहन्छ ।
“माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”, इतिहासकार प्रकाश श्रेष्ठले भने ।
बर्तालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आउँछन् । बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि सुरु हुन्छ ।
तस्बिरः रोशन सापकोटा/रासस