गृहमन्त्रीलाई सिके राउतको प्रश्न- सानालाई ऐन र ठूलालाई चैन हो ?



काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सिके राउतले थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मोटरसाइकल दुर्घटना हुँदा चालकलाई हिरासतमा लिई अनुसन्धान थाल्ने प्रहरीले जहाज दुर्घटना हुँदा समेत उडान अनुमति दिनेलाई पक्राउ नगरेको भन्दै प्रश्न उठाएका छन् । उनले गृहमन्त्री रवि लामिछानेलाई थोत्रा जहाज सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिनेलाई पक्राउ गर्न आग्रहसमेत गरेका छन् ।


‘पुरानाभन्दा पुराना थोत्रा जहाज ल्याएर सञ्चालनमा ल्याउने सञ्चालक, अनुमति दिने टोली र उडान अनुमति दिने टोलीलाई पक्राउ गरी छानबिन गर्न कुनचाहिँ विधि र प्रक्रियाले रोकेको छ ?’ राउतले प्रश्न गरे, ‘या त भन्नुप¥यो सानालाई ऐन र ठूलालाई चैन ।’ गृहमन्त्री लामिछानेलाई यस विषयलाई गम्भीरतासाथ लिन र छानबिन गर्न उनले माग गरे ।