काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेससँग कुनै विशेष सहमति नभएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिएर बाहिरने क्रममा संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा दाहालले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्रीलाई कांग्रेसले कुन शर्तमा विश्वासको मत दियो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘कुनै विशेष शर्त छैन ।’
नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि अहिले विभिन्न कोणबाट टिप्पणी भइरहेका छन् । प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मतको बदलामा कांग्रेसलाई केही दिने सहमति नभएको बताएका हुन् ।