कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत प्राप्त



कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई २५ सांसदले विश्वासको मत दिएका हुन् ।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक/एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।


नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियूक्त गरेका थिए ।