अमेरिकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौँमा



काठमाडौँ । अमेरिकाको राजनीतिक मामिलासम्बन्धी अमेरिकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार काठमाडौँ आइपुगेकी छन् ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नुल्यान्ड आइतबार दिउँसो काठमाडौँ आइपुगेकी हुन् । नेपाल भ्रमणका क्रममा उनले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिने दूतावासले जनाएको छ ।


साथै उनले नेपालकासांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नेछिन् । ३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उप–विदेशमन्त्री नुल्यान्डले राष्ट्रपति बाइडेन, ओबामा र बुश नेतृत्वका सरकाहरूअन्तर्गत थुप्रै उच्च पदहरू सम्हालिसकेकी छन् ।