सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदन मुद्दामा आज (बिहीबार) पेसी तोकिएको छ ।

उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिएको उनका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले जानकारी दिएका छन् । यसअघि गत ७ पुसका लागि पेसी तोकिएको थियो । तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि पेसी सरेको थियो । आजको पेसी भने नसर्ने घिमिरेले बताएका छन् ।


जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । एक नाबालिग किशोरीमाथि बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए ।