विद्यार्थीले निषेधाज्ञा तोडेपछि धनगढी तनावग्रस्त, प्रहरीद्वारा ८ राउन्ड हवाइ फायर



धनगढी । निषेधाज्ञा तोड्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढी तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ ।

धनगढीमा जिल्ला प्रशासन कार्यालयले बिहीबार विद्यार्थी आन्दोलन चकिँदै गएपछि निषेधाज्ञा जारी गरेको थियो । तर, शुक्रबार बिहान निषेधाज्ञाा तोड्दै विद्यार्थी उडकमा उत्रिएका थिए ।


हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन् । बिहीबार ग्रेडरले किचेर पञ्चोदय माविमा अध्ययनरत १६ वर्षीया किशोरी चेतना साउदको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएको थियो । उनको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

घटनापछि विद्यार्थी ताडफोडमा उत्रेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाका बाबजुद पछि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।