काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुरुष तर्फबाट समानुतानिक सांसदको नाम टुंगो लगाएको छ । राप्रपाले पुरुषतर्फ पशुपतिशमशेर राणालाई सांसद बनाउने निर्णय गरेको छ ।
एक नेताका अनुसार अरू सांसदबारे निर्णय लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मा दिइएको छ । सभामा राप्रपाले समानुपातिकमा पाएको ७ सिट मध्ये ५ सिटमा अनिवार्य महिला पठाउनुपर्ने छ भने २ जना मात्र पुरुष सांसद छनौट गर्न सक्नेछ ।