युगान्डाले इबोला परीक्षण खोपको बाह्र सय मात्रा प्राप्त गरेको छ । युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ एसेङ्गले राजधानी कम्पालाबाट ४० किलोमिटर दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको बाह्र सय मात्र प्राप्त भएको जानकारी दिए।
मन्त्रीले इबोलाको प्रकोप घट्दै गएको समयमा खोप आएको भएपनि थप प्रकोप भएमा देश तयार छ भनी सुनिश्चित गर्न अनुसन्धान जारी रहने मन्त्रीले बताए ।
प्रभावकारिता र सुरक्षा निर्धारण गर्न प्रारम्भिक अध्ययनहरूमा परीक्षण गरिएको युगान्डामा खोप हस्तान्तरण गर्ने डब्ल्यूएचओ कन्ट्री अफिसका घटना प्रबन्धक चार्ल्स नजुगुनाले बताए ।
सबैभन्दा ठूलो जोखिममा भएकाहरुलाई परिक्षण खोप हस्तान्तरण गरिने र परीक्षणमा सहभागिता स्वैच्छिक र निःशुल्क रहने पनि उनले बताए ।