यस वर्ष भारतको उच्च अदालतमा सबै भन्दा धेरै न्यायाधीश नियुक्त



सन् २०२२ मा भारतका उच्च अदालतमा सबै भन्दा धेरै न्याधीस नियक्त भएका छन् । कानून तथा न्यायमन्त्री किरेन रिजिजुले बिहीबार बताएअनुसार यस वर्षमा बारतका विभिन्न उच्च अदालतहरूमा १६५ जना न्यायाधीश नियुक्त भएका छन् ।

राज्यसभामा एक प्रश्नको लिखित जवाफ प्रस्तुत गर्दै मन्त्री किरेन रिजिजुले सो बारे जानकारी दिएका हुन् । केन्द्रका अनुसार सरकारले सन् २०२२ मा डिसेम्बर ९ सम्म विभिन्न उच्च अदालतमा १६५ न्यायाधीश नियुक्त गरेको जुन एक वर्षको अवधिमा भएको नियुक्ति मध्ये अहिलेसम्मकै उच्च हो।