मौसमी फ्लुबाट अमेरिकामा ७ हजार ३ सयको मृत्यु



संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा हप्तामा २५ हजार भन्दाबढी मानिसहरू फ्लूका कारण अस्पताल भर्ना भएका अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

मौसमी इन्फ्लुएन्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ । यस याममा संयुक्त राज्य अमेरिकामा हालसम्म फ्लुबाट कम्तिमा १ करोड ३० लाख बिरामी भएका र एक लाख २० हजार अस्पताल भर्ना भएका छन् भने सात हजार ३०० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।