प्रहरीले गगन थापाको ‘निगरानी’ गरेको भन्दै आपत्ति



काठमाडौँ । पार्टीको संसदीय दलको नेतामा उम्मेदवारी दिएका काँग्रेस महामन्त्री गगन थापालाई प्रहरीले अवरोध गरेको थापा पक्षका नेताले बताएका छन्। मंगलबार राति लाजिम्पाटस्थित होटल एम्बास्डर अगाडि प्रहरीले पिछा गरेर अवरोध गर्न खोजेको काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताएका छन्।

शिवाकोटीले सामाजिक संजालमा लेखेका छन्, प्रधानमन्त्री शेरबहादुर दाइ र गृहमन्त्री बालकृष्ण दाइ नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई प्रहरी बलको दुरुपयोग गरेर रोक्ने प्रयास नगर्नु होला,जय नेपाल।’ संसदीय दलमा उम्मेदवारी दिएपछि थापा नेताहरुसँगको भेटघाटमा हिँडेका बेला सरकारले सुरक्षाकर्मीको दुरुपयोग गरेको थापा पक्षका नेताको आरोप छ ।