प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित



काठमाडाैँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ ।  हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति रहेका छन् ।

जसअनुसार नेकपा (एमाले) का तर्फबाट धनकुटा–१ बाट राजेन्द्रकुमार राई, पाँचथर–१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु–१ मा मानवीर राई, खोटाङ–१ मा रामकुमार राई, इलाम–२ बाट सुवास नेम्वाङ, झापा–४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित भएका  छन् ।


साथै, एमालेका तर्फबाट सिराह–३ बाट लिलानाथ श्रेष्ठ, काठमाडौँ–९ बाट कृष्णगोपाल श्रेष्ठ, ललितपुर–२ बाट प्रेमबहादुर महर्जन, कास्की–१ बाट मनबहादुर गुरुङ, लमजुङ–१ बाट पृथ्वीसुब्बा गुरुङ, कञ्चनपुर–१ बाट तारा लामा तामाङ गरी जम्मा १२ जना निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ । 

प्रतिनिधिसभा सदस्यमा आदवासी जनजातिमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुम–१ मा सीता गुरुङ, मोरङ–१ मा डिगबहादुर लिम्बू, रामेछाप–१ मा पूर्णबहादुर तामाङ, मनाङ–१ मा टेकबहादुर गुरुङ र मुस्ताङ–१ मा योगेश गौचन थकाली निर्वाचित भएका  छन् ।

नेकपा (माओवादी केन्द्र) का बाट भोजपुर–१ मा सुदन किराँती, काभे्रपलाञ्चोक(१ मा सूर्यमान तामाङ (दोङ), नुवाकोट–१ मा हितबहादुर तामाङ, रुकुमपूर्व– १ मा पूर्णबहादुर घर्तीमगर, रोल्पा १ मा वर्षमान पुन, हुम्ला १ मा छिरिङ डम्डुल लामा (भोटे) निर्वाचित भएका छन् ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट डोटी–१ मा प्रेमबहादुर आले, डोल्पा–१ मा धनबहादुर बुढा, बारा–४ मा कृष्णकुमार श्रेष्ठ, डोल्पा–१ मा धनबहादुर बुढा, दैलेख(१ मा अम्मरबहादुर थापा गरी पाँच जना सदस्य रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा– १ मा राजेन्द्रप्रसाद लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका तर्फबाट सुनसरी(१ मा अशोककुमार राई निर्वाचिन भएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट निर्वाचित रञ्जिता श्रेष्ठ पनि आदिवासी जनजाति हुन् ।