निर्वाचनमा अन्तरघात गर्नेको नाम पुस १५ भित्र केन्द्रमा पठाउन कांग्रेसको निर्देशन



काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाहीका लागि १५ पुसभित्र नाम पठाउन आग्रह गरेको छ ।

आइतबार विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेको हो ।


यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ ।