देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ : गुरुराज घिमिरे



काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरले पार्टी सभापति शेरबहादुर देउवाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।सत्ता गठबन्धन टुट्नुमा देउवा दोषी भएको भन्दै घिमिरेले देउवाको राजीनामा माग गरेका हुन् ।

सामाजिक संजालमार्फत उनले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै बिशेष महाधिवेशन बोलाईनेछ।’