पोखरा । गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिँदै छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई शपथ गराउने कार्यक्रम तय भएको छ।
संविधान अनुसार प्रदेश प्रमुखले ज्येष्ठ सांसदलाई शपथ गराउने र उनै ज्येष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ। बस्याल ६५ वर्षका भए।
६५ वर्षकै अर्का सांसद विन्दुकुमार थापा बस्याल भन्दा २ दिनले कान्छा छन्। प्रदेश प्रमुखको निवासमा बस्याललाई शपथ गराउने तयारी भएको प्रेस संयोजक माधव रेग्मीले बताए।
यहाँका अन्य ५९ सांसदलाई बिहीबार संसद भवनमा शपथ गराइने छ। संसद सचिवालयले सांसदलहरुलाई मातृभाषामा पनि शपथको तयारी गरेको छ।