अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले बुधबार आफूलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन्। ७६ वर्षीय क्लिन्टनले हल्का लक्षणहरू अनुभव गरेकाे तर घरमा आफूलाई व्यस्त राखेको ट्वीटमार्फत बताएका छन् ।
खोप र बुस्टर मात्रासम्म लगाएका सबैलाई विशेष गरी जाडो मौसममा सर्तक रहन उनले आग्रह गरेकाे समाचारमा जनाइएको छ ।