काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश ल्याइनु सकारात्मक भएको प्रतिक्रिया दिएकी छन् ।
सोमबार डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याइनु आफुहरुका लागि सकारात्मक भएको बताएकी हुन् । सरकारले उक्त अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाइसकेको छ ।
उनले अध्यादेश प्रमाणीकरण भएपछि आवश्यक कार्यविधि बनेर रेशम चौधरी रिहाइ हुने दाबी गरिन् । सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण नरहेको उनले बताइन् । टीकापुर घटनामा दोषी ठहर भएपछि रेशम चौधरी जेल जिवन बिताइरहेका छन् ।