हिमआँधीले अमेरिकामा ३४ जनाको मृत्यु



अमेरिकामा हिम आँधीका कारण ३४ जनाको मृत्यु भएको छ।

हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् भने लाखौँ मानिस प्रभावित भएका छन् ।


हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् ।

चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन् ।

केही दशकयताकै सबैभन्दा ठूलो आँधीका कारण अमेरिकामा आइतबार मात्र १७ सय उडान रद्द भएका थिए ।