रुपन्देही । बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित भएका लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
शुक्रबार लालवीरलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं रञ्जीता श्रेष्ठले टीका लगाएर पार्टीमा स्वागत गरेकी थिइन् । रञ्जीता लालवीरकी बुहारी हुन् ।
पार्टीका संरक्षक रेशम चौधरीले आफ्नो उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नै बाबु लालवीर चौधरीलाई उम्मेदवार बनाएका थिए ।
लालबीरले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सुरेश पन्थलाई १३६ मतान्तरले पराजित गरेका थिए । चौधरीले २६ हजार ५२० मत पाउँदा पन्थले २६ हजार ३८४ मत ल्याएर विजयी भएका थिए ।
कैलालीको क्षेत्र नं १, २ र ३ मा विजयी भएको नागरिक उन्मुक्ति पार्टीको अब संसदमा चार सीट गणना हुने भएको छ ।