स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश



काठमाडौँ । मधेस प्रदेश सभामा सर्लाही ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीबाट बागी उम्मेदवारी दिएर विजयी कुसहवा पुनः पार्टीमै फकिएका हुन् ।

बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुशवाहालाई पार्टी प्रवेश गराएका हुन् । योसँगै मधेस प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।