स्पेनले लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनलाई सघाउने



स्पेनले हाल लेबनानमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय मिसनलाई थप सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस्तो इच्छा व्यक्त गरेका हुन् ।

उनी लेबनान भ्रमणमा गएका छन् । त्यस क्रममा उनले लेबनानमा रहेको स्पेनको सैन्य समूहको कार्यको पनि निरीक्षण गरेका छन् ।


हाल लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन (युनिफिल) रहेको छ । मिसनले यहाँ शान्ति स्थापना गरी यहाँको आन्तरिक सङ्कट र विद्रोहलाई शान्तिपूर्ण माध्यमबाट समाधानका गर्नका लागि काम गरिरहेको जनाएको छ ।

यहाँ स्पेनको सैन्य बटालियन सन् २००६ देखि नै काम गरिरहेको छ । स्पेन लेबनानमा शान्ति सेना पठाउने सबैभन्दा ठूलो देश हो । स्पेनका प्रधानमन्त्री सान्चेजले हालैका वर्षहरुमा लेबनानले सिरियाली र अरु शरणार्थीहरुलाई शरण दिइरहेको विषय प्रशंसा पनि गरेका थिए ।

साथै उनले आगामी दिनमा स्पेनले लेबनानलई विभिन्न हिसाबले सहयोग पु¥याउने भन्दै स्पेनले युरोपियन युनियनमार्फत् सहयोग गर्ने बाचा पनि गरेका थिए । यसैबीचमा लेबनानी प्रधानमन्त्री नजिब मिकाटीले पनि स्पेन सरकारलाई धन्यवाद दिएका छन् ।

स्पेनले ६ सयभन्दा बढी शान्ति सैनिक पठाएर लेबनानमा शान्तिका लागि सहयोग गरेको भन्दै प्रधानमन्त्री नाजिबले स्पेनका प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् ।