सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउनु गलतः प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाका सबै सदस्यहरुको शपथग्रहण पछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् । निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने बताए ।


उनले सांसदहरुको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिर जस्तो बन्न गएको उल्लेख गर्दै त्यसो गर्नु गलत हुने बताए ।

उनले भने, ‘प्रतिनिधिसभाका सदस्यहरुको शपथग्रहण गरिसकेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउनु सुल्टो हुन्छ । विगतको परम्परा पनि त्यही हो ।’ तर राष्ट्रपति कार्यालयले आइतबार पुस १० गतेसम्मको समय दिएर सरकार गठन गर्न दलहरुलाई आह्वान गरिसकेको छ ।