सरकारमा सहभागिताबारे निर्णय लिन जसपाको बैठक बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (शनिबार) बस्दैछ । सरकारमा जसपा सहभागिता, पार्टीले निर्वाह गर्ने भूमिका र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुने / नहुने तय हुन बाँकी रहेको उनको भनाई छ । आजको बैठकमा पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकका एजेण्डा पनि तय गर्ने उनको भनाई छ । बैठकले विधान महाधिवेशनबारे पनि छलफल गर्ने बताइएको छ ।