सत्ता गठबन्धनलाई निरन्तरता दिने बालुवाटार बैठकको निर्णय



काठमाडौँ । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ’, एक नेताले भने, ‘बैठकमा चुनावको  विषयमा प्रारम्भिक समीक्षा पनि सरसर्ती गर्ने काम गरियो ।’