संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले दिए राजीनामा



काठमाडौँ । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा। भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिएका हुन् ।

तर घिमिरेले घरयासी कामका कारणदेखाउँदै उमेर हदले अवकाश पाउन ९ महिना अघि नै राजीनामा दिएका हुन् । उनी संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए । घिमिरेले मंगलबार सचिवालयका महासचिव गौतमसमक्ष राजीनामा दिएका हुन्।


बुधबार उनको राजीनामा स्वीकृत भएको छ । समिति सचिवालयका अनुसार बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।