काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्। भारतीय प्रशिक्षक प्रभाकरले डिसेम्बर १५ (आजै)देखि लागू हुनेगरी राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ।
तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेकाे थियो ।