राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संयुक्त अरब इमिरेट्स, ताञ्जानिया र सर्बियाका राजदूतले ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, संयुक्त गणतन्त्र ताञ्जानियाका कापुफी एमबेगा र सर्बियाका सिनिसा पेभिकले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।


उनीहरुमध्ये एकजना नेपालका लागि आवासीय र दुई जना गैरआवासी राजदूत हुन् ।