राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूतबीच भेटवार्ता



काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डीन आर थम्पसनबीच भेटवार्ता भएको छ । बुधबार राप्रपा अध्यक्ष लिङ्देनलाई भेट्न राजदूत थम्पसन राप्रपा पार्टी कार्यालय पुगेका थिए ।

भेटमा उनीहरूबीच सत्ता समीकरणका विषयमा पनि छलफल भएको बताइएको छ। अमेरिकी राजदूत थम्पसनले संसदीय दलको नेता चयन भएकामा अध्यक्ष लिङ्देनलाई बधाइसमेत दिएका थिए । केही दिनअघि चिनियाँ पक्षले पनि अध्यक्ष लिङ्देनसँग भेटवार्ता गरेका थिए।