यी हुन् राप्रपाका समानुपातिक सांसद : बुद्धिमान समेटिए, लोहनी छुटे (सूचीसहित)

sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नाम टुंगो लगाएको छ । शनिबार उनीहरूको नामावली टुंगो लगाएको हो ।

यही मंसिर ४ गते भएको निर्वाचनबाट राप्रपा प्रतिनिधिसभामा पाँचौं दल बनेको छ । राप्रपाले समानुपातिकबाट प्रतिनिसभातर्फ सात र प्रदेशसभातर्फ १७ सिट जितेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुंगो लगाएको हो ।


जसमा खस आर्य समुदायबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् । आदिबासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेशीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका राप्रपा स्रोतले जनाएको छ । प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राप्रपाले समानुपातिक पद्धतिबाट २ जना पुरुषमात्र चयन गर्न पाउँथ्यो ।

प्रतिनिधिसभातर्फ राप्रपाबाट छानिएका सांसदको नामावली
१. पशुपतिशमशेर जबरा
२. बुद्धिमान तामाङ
३. रोशन कार्की
४. गीता बस्नेत
५. बीना लामा
६. बीना जैसवाल
७. अनिषा नेपाली

पार्टीले टुंगो लगाएको नामावली पेस गरेपछि निर्वाचन आयोगले रुजु गरी ठिक भएमा निर्वाचित भएको घोषणा गर्नेछ । आयोगले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने सांसदको नामावली क्लस्टर मिलाएर शनिबार अपराह्नसम्म बुझाउन समयसीमा तोकेको थियो ।