काठमाडौँ । सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेका हुन् ।
सरकारले सार्वजनिक संस्थान सुझाव समितिमा २ जना महिला सदस्य थप गरेको छ । सार्वजनिक संस्थान सुझाव समितिलाई थप समावेशी र प्रभावकारी बनाउनका लागि दुई जना महिला सदस्य थप गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।