काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले विकासको काम गर्दा आधुनिकतालाई ध्यानमा राखी मौलिकतालाई जोगाउनु काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।
कामपाको २८औँ स्थापना दिवस मनाउने क्रममा आज मन्त्री चौधरीले काठमाडौं मौलिकता र ऐतिहासिक धर्म–संस्कृतिले धनी रहेकाले त्यसको संरक्षण गर्नु महानगरको पहिलो कर्तव्य रहनेमा जोड दिए ।
उपत्यकामा लामो समयदेखि चुनौती बनेको फोहर र ढल व्यवस्थापन समस्याको दीर्घ समाधान गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसका लागि मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।