मेलमिलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वयले सार्वजनिक गरे ७ बुँदे प्रतिबद्धता



काठमाडौँ । मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उनीहरूले प्रतिकुलतामा गम्भीरता, नवीनताको प्रतिबद्धता भन्दै आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।


प्रतिनिधिसभा निर्वाचनको परिणामबाट सबैभन्दा ठूलो दल भएर पनि नेपाली कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको र त्यो अस्वभाविक नभएको उनीहरुले बताएका छन् । यस बेला आफूहरूमाझ दुईवटा दायित्व रहेको उनीहरुले बताएका छन् ।

उनीहरुले भनेका छन् – ‘पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने । दोस्रो, यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जो भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफल मार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने ।’

नेपाली कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्ने उनीहरुको दाबी छ । यस्तै, गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा यो पटक पछि परेको उनीहरुले बताएका छन् । अब सरकारलाई जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्ने पनि उनीहरुले बताएका छन् ।

‘हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन,’उनीहरुले भनेका छन्,’ नेपाली कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्नेछ, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्नेछ । राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिनेछ ।’

काठमाडौं– मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उनीहरूले प्रतिकुलतामा गम्भीरता, नवीनताको प्रतिबद्धता भन्दै आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

०३३ मा कांग्रेस नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।