माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरू भएको छ । बैठकमा निर्वाचनको समीक्षा र आगामी सरकार गठनबारे छलफल हुने एक नेताले जानकारी दिए ।

पार्टी मुख्यालय पेरिसडाँडामा सुरू भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निर्माणका लागि अहिलेसम्म भएका प्रयासहरूबारे ब्रिफिङ गर्नेछन् ।