महेन्द्र राय यादवले आज शपथ लिने



काठमाडाैँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

उमेरसम्बन्धी प्राविधिक कारणबाट बिहिबार शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन् ।


चिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहिबार आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई बिहिबार शपथ लिन अनुपस्थित थिए । आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छिन् । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेकाे संसद् सचिवालयले जनाएको छ ।