बैतडीका शिक्षक विष्टको हत्या भएको पुष्टि



धनगढी । बैतडीका शिक्षक धनबहादुर विष्टको हत्या भएको पुष्टि भएको छ । जिल्लाको सुर्नया गाउँपालिका–२ घर भई कृष्ण मावि पाटनमा कार्यरत शिक्षक विष्टको हत्या भएको खुलेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानको दायरा साँघुरो भएको बताएको छ । तर प्रहरीले हत्यामा संलग्नहरुको नाम भने सार्वजनिक गरेको छैन ।

विद्यालयको छात्रवास पछाडि रहेको भिरालो ठाउँमा मृत फेला परेका विष्टको हत्या भएको स्थानीयले बताउँदै आएका छन्। मंगलबारदेखि सीआइबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। अहिलेसम्म ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान जारी छ । जिल्लाको पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ। बुधबार शिक्षक धनबहादुर विष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी गरिएको हो।