बालुवाटारको गठबन्धन बैठकबाट बाहिरिएका प्रचण्ड लागे बालकोटतिर



काठमाडौँ । गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट जान लागेको बताइएको छ । स्रोतका अनुसार प्रचण्ड एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट जान लागेका हुन् ।

आइतवार बिहान बालुवारमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँगको वार्तामा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका हुन् ।


गठबन्धन बैठकमा सहमित जुट्न नसकेको स्रोतको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आज बेलुकी पाँच बजेसम्मको समय दिएपछि नेताहरू दौडधुपमा छन् ।