बालबालिकामा लगानी बढाउन गणेश तिमल्सिनाको आग्रह



काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समाज रुपान्तरणका लागि बालबालिकामा लगानी बढाउनुपर्ने बताएका छन् ।

लुः निभा बाल सरोकार समूहको रजत जयन्ती समापन कार्यक्रममा अध्यक्ष तिमल्सिनाले आजका बालबालिका नै भोलि देशको भविष्य भएकाले उनीहरुको अधिकार संरक्षण र संवद्र्धनका लागि राज्य पूर्ण रुपमा जिम्मेवार भएको बताए ।


कार्यक्रममा समाजसेवी राधिका शाक्य र वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ, मानव अधिकारकर्मी गौरी प्रधान, ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मन्जली शाक्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजनप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।