बागमती प्रदेशसभा सदस्यको शपथ आज



बागमती । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सदस्यहरूले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन् ।

प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रदेशसभाका १०९ सदस्यहरूलाई दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार नवनिर्वाचित १५ जना प्रदेश सभा सदस्यहरूले मातृभाषामा शपथ लिने भएका छन् ।

बुधबार शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचीव खड्काले जानकारी दिए ।