फिमेल भर्सनमा ‘कालो केशमा रेलिमई’



काठमाडौँ । चर्चित गीत ‘कालो केशमा रेलिमई’ अब फिमेल भर्सनमा आएको छ। केन्द्र मोशन पिक्चर्सको युट्युब च्यानलमार्फत महिला गायकको स्वरमा ‘कालो केशमा रेलिमई’ सार्वजनिक भएको हो ।

दिनेश ढकालको शब्द र संगीत रहेको फिमेल भर्सनमा गायिका सुनिता थेगिमको स्वर सुन्न सकिन्छ। यसअघि सुनिताले हिट गीत ‘आँखामा आउने सपनी’ बोलको गीत गाइसकेकी छिन् ।


गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन्। भिडियोमा अभिनेत्री मिरुना मगर र मोडल गणेशमान घले फिचर्ड छन् ।