पूर्णता पाउँदै ‘बेनी मिनि रंगशाला’

a]gL ldgL /Ëzfnf lgdf{0f DofUbL, !( dªl;/ M DofUbLsf] a]gL gu/kflnsf–& l:yt v'Nnf v]nd}bfg lj:tf/ u/L ldlg /Ëzfnf agfpgsf nflu kvf{n lgdf{0f ul/Fb} . a]gL gu/kflnsfn] ldgL /Ëzfnf of]hgfsf nflu rfn' cfly{s jif{df ljlgof]hg u/]sf] ? %) nfv ah]6af6 kvf{n lgdf{0f yfn]sf] xf] . tl:a/ ;Gtf]if uf}td÷/f;;


म्याग्दी । म्याग्दीको ‘बेनी मिनि रंगशाला’ को निर्माण दुई वर्षपछि पुन : थालिएको छ ।

बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो ।


बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिए ।

‘बेनी नगरपालिकाले व्निियोजन गरेको रु ५० लाख बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट आएको रु आठ लाख बजेटको काम उपभोक्ता समितिमार्फत कार्यान्वयन थालिएको छ’, उनले भने, ‘अधुरो खेलमैदानलाई पूर्णता दिने प्रयासमा छौँ । ठेक्का प्रतिस्पर्धामा हुँदा घटेको १४ लाख बजेटबाट पनि थप काम गर्न पहल गरेका छौा ।’

म्याग्दी नदीतर्फ पर्खाल र प्याराफिट निर्माणका लागि उत्तरगंगा निर्माण सेवाले यही मङ्सिर पहिलो साता ३५ लाख ९३ हजार एक सय एकमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै मजदुर परिचालन गरेर निर्माण थालेको छ । ठेक्का मार्फत पर्खाल र पिल्लर उठाएर ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको बेनी नगरपालिकाका प्राविधिक गोपाल मगरले बताए ।

प्रदेशको बजेट कार्यान्वयनका लागि गठन भएको उपभोक्ता समितिले कालीगण्डकी किनारतर्फ अधुरो पर्खाललाई पूर्णता दिने र माटोले पुरेर ‘फिलिङ’ गर्न थालेका छन् । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।

फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुलामञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ । त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ ।

कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो । म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ । पर्खालमाथि करिब ५० मिटर प्याराफिट बनेको छ ।

कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । हाल नौ/नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ । प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ ।

हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले विसं २०७१ मा रु छ लाख ५० हजार र २०७३ मा रु ५९ लाख ६७ हजार विनियोजन गरेको थियो ।

विसं २०७४ मा एक करोड र २०७५/७६ मा ६० लाख विनियोजन भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाले नौ लाख, अर्थ मन्त्रालयले रु ५० लाख, खेलकुद मन्त्रालयले ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट ५० लाख विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७/७८ र ७८/७९ मा कुनै पनि निकायबाट बजेट विनियोजन नहुँदा खेलमैदान निर्माण रोकिएको थियो ।