रुपन्देही । नेपा कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा संघीयताको औचित्य नभएको बताएका छन् ।
शुक्रबार कपिलवस्तुमा आयोजित कार्यक्रममा बोल्दै अहिलेको जस्तो सघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको उनले बताए । प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको उनको भनाइ छ ।
उनले एक प्रश्नको जवाफमा भने, ‘हामीले थालेको क्रान्ति मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरी देशको स्वाधीन अर्थतन्त्रको निर्माण हो, यो नागरिकले नपाएको प्रस्ट छ ।’ मंसिर ४ को निर्वाचनले जनतामा खुशी नल्याएको भन्दै उनले उल्टै थप संकटतर्फ धकेलेको दाबी गरे ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा ३ बुँदे सहमति भएको र वर्तमान सरकारसँग पनि सहमति कार्यान्वयन गर्न विभिन्न कोणबाट छलफल भइरहेको उनले बताए ।