नीति–निर्माणमा दलहरु विभाजित बन्नु हुँदैन : महामन्त्री गगन थापा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्नु नहुने बताएका छन् । मंगलबार प्रेस लैङ्गिक नीति सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदमा रहेका दलहरु नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

उनले आमनागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यकता रहेको भन्दै नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरुले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकीकृत हुनुपर्नेमा जोड दिए ,।


उनले शुरुवातबाट नै नीति निर्माणका लागि सम्बन्धित निकायहरुले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको पनि बताए । उनले नेपालमा शुरुवाती चरणमा कुनै कुरा नराख्ने तर नीति, निर्माणको अन्तिम बेलामा आएर विभिन्न तर्कहरु अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानूनको संशोधन र निर्माण हुन नसकेको बताए ।