काठमाडौँ । गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले मंगलबार दुवै सुरक्षा निकायलाई सुरक्षा कार्यविधि विपरीत खटिँदै आएका जनशक्तिलाई फिर्ता बोलाउन भनेको हो ।
कार्यविधिमा तोकिए अनुसारका वहालवाला तथा पूर्वकर्मचारी सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मी पाउने व्यवस्था रहेको छ ।