धोबीखोला करिडोरका अवैध संरचनामाथि चल्यो डोजर



काठमाडौंँ । काठमाडौँ महानगरपालिकाले धोबीखोला किनारमा रहेका अनाधिकृत घर टहरा भत्काएको छ । महानगरले बुधबार अनामनगरस्थित देवीनगरमा अनधिकृत रुपमा बनाइएका संरचनामा डोजर चलाएको हो ।

सार्वजनिक जग्गामा घर टहरा बनाइ भाडामा लगाएको जानकारी पाएपछि महानगरले डोजर चलाएको हो । काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको समन्यवयमा महानगरले अतिक्रमित सार्वजनिक जग्गा खाली गरेको महानगर प्रहरीले जनाएको छ ।


महानगरले यसअघि सूचना जारी अनाधिकृत संरचना आफैँ हटाउन जानकारी दिएको थियो । सूचनाको अटेर गरेपछि महानगरले डोजर चलाएको हो ।