देउवाले कोइरालालाई भने– ‘संसदीय दलमा मलाई सघाउनुस्’



काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा.शशांक कोइरालाबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास भेटवार्ता भएको हो । भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गर्नुका साथै चुनावी परिणाम र सरकार गठनका विषयमा कुराकानी गरेका थिए ।

भेटमा सभापति देउवाले कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गरेका छन् । देउवाले भने,‘तपाईं के गर्नुहुन्छ ? संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला ।’ कोइरालाले त्यसबारे सल्लाह गरौँला भनेर जवाफ दिएका छन् ।