जनमत पार्टीको संसदीय दलको नेतामा डा. सीके राउत चयन



काठमाडाैँ । राष्ट्रिय जनमत पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत चयन भएका छन् ।

काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा आइबार बसेको सांसदहरूको बैठकले राउतलाई सर्बसम्मत दलको नेता चयन गरेको हो ।


दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज सोमबार पुनः १० बजे बैठक बोलाइएको जनमतका नेता बीपी साहले जानकारी दिएका छन् ।

राउत सप्तरी क्षेत्र नं. २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गर्दै जितेका हुन् । जनमतका ६ सांसद छन् । राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन् ।