गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज



काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद बस्तु भेटिएको छ । आइतबार बिहान भक्तपुरस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेपछि बम भएको आशंकमा नेपाली सेनाको टोली पुगेको हो ।

उक्त वस्तु बम भएको आशंका गर्दै डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो । बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । तर उक्त वस्तु बम नभएको प्रहरीले जनाएको छ।


यसअघि २०७६ फागुन २८ मा पनि बास्कोटाको घरमा बम विष्फोट भएको थियो । बम विष्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ’विप्लव’ निकट तीन जनालाई पक्राउ गरेको थियो ।