खेलकुदलाई शिक्षासँग अलग गर्नु हुँदैन : नेमकिपा अध्यक्ष बिजुक्छेँ



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताएका छन् । आजदेखि भक्तपुर नगरपालिकाले शहीद स्मृति खेल मैदानमा आयोजना गरेको ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता’ उद्घाटन गर्दै उनले खेलकुद पनि शिक्षाको अभिन्न अङ्ग भएकाले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताए ।

अध्यक्ष बिजुक्छेँले भने, “खेलकुद क्षेत्रलाई राजनीतिसँग पनि अलग गर्न हुँदैन, समाजवादी देश क्युवाले खेलकुदमा धेरै प्रगति गरेको उदाहरण हामी सामु छ । स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडी खेलकुदमा सहभागी हुनुपर्छ ।” उनले विद्यालय तहदेखि नै विद्यार्थीलाई राम्रोसँग प्रशिक्षित गर्नसके राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।