हिमाचल प्रदेशमा तल्लो तहदेखि नै राजनीतिक सिँढी चढेका कांग्रेस नेता सुखविन्दर सिंह सुखुले आइतबार शिमलामा आयोजित एक समारोहमा १५ औं मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् ।
शपथ ग्रहण समारोह आइतबार शिमलास्थित राजभवनमा भएको हो । गान्धी परिवारका वफादार ५८ बर्षीय सुखु चार पटक विधायक निर्वाचित भएका राज्यमा काङ्ग्र्रेसका पूर्व प्रमुख हुन् । सुखु एक मिलनसार र पहुँचयोग्य नेताको रूपमा चिनिन्छन् ।
सङ्गठनमा आफ्नो लामो समयको त्यागको कारण उनको भारतको पहाडी राज्य हिमाचलमा एक विशाल सञ्जाल छ । वर्षौंदेखि पुरानो पार्टीसँगको सम्बन्धका कारण उहाँसँग राज्यमा व्यापक साङ्गठनिक अनुभव पनि छ ।
उनी सन् २०१३ देखि २०१९ सम्म पार्टीको प्रदेश एकाइ अध्यक्ष भएका थिए । मध्यमवर्गीय परिवारका उनी हिमाञ्चलबाट तल्लो तहको राजनीति हुँदै शीर्ष पदमा पुग्ने पहिलो काङ्ग्रेस नेता भएका छन् । राज्यमा भएको विधानसभा चुनावमा हमाचलबाट काङ्ग्रेसले ४० सिट जितेको छ ।